उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरिएको छ ।

महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले आज जनाएको छ ।

केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ । केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल/आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।

साथै एम्बुलेन्स/आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि÷मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल/हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन् । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोरोना संक्रमणमा परेकालाई चिकित्सकबाट स्वास्थ्य परामर्श दिने कार्यको शुरुआत गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ४८ बजे

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि

आजको मौसम पूर्वानुमानः देशभर बदली हुने

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।

साताको शेयर बजार : नेप्से ११२ अङ्कले बढ्दा कारोबार खर्ब नजिक

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति

इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका