जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन « Khabarhub

जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

नयाँ सरकार गठनबारे सहमति जुटाउन बालकुमारीस्थित पार्टी कार्यालयमा भएको शीर्ष नेताहरुबीचको छलफल बिनानिष्कर्ष टुंगिएको हो।

छलफलमा शीर्ष तहबाट सरकार गठनमा विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। उनले भोलि (बिहीबार) सम्म पार्टीको एकीकृत धारणा बनाइने बताए ।

जसपाको ठाकुर पक्षले भने ओलीको विकल्प खोज्न नसकिने जनाउँदै आएको छ ।

आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छिन् । राष्ट्रपतिले दिएको समय भोलि सकिँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,