वाग्मती र गण्डकीमा वर्षा, अपराह्नपछि यी स्थानमा हुन सक्छ भारी वर्षा « Khabarhub

वाग्मती र गण्डकीमा वर्षा, अपराह्नपछि यी स्थानमा हुन सक्छ भारी वर्षा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश भू-भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वैशाख ३१ गते (शुक्रबार)

दिउँसो:  देशका प्रदेश नं १ र अन्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेने छ ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १ गते (शनिबार)

दिउँसो:  देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : १० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५