१९ वर्षमुनिको उमेर समूहमा संक्रमण निकै उच्च | Khabarhub Khabarhub

१९ वर्षमुनिको उमेर समूहमा संक्रमण निकै उच्च


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएको चार सातामा ९ वर्ष उमेरमुनिका ३ हजारभन्दा बढी बालबालिकामा कोरोना संक्रमण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १ देखि २८ गतेसम्म ९ वर्ष मुनिका ३ हजार ३४ बालबलिकामा कोरोना संक्रमण देखिएको छ ।

यस अवधिमा कोरोना संक्रमणले उक्त उमेर समूहका ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार निषेधाज्ञा जारी भएपछि उक्त उमेर समूहमा संक्रमण तीव्र गतिमा फैलिएको देखिन्छ ।

चालु निषेधाज्ञा अघि ९ वर्ष उमेरसम्मका बालबालिका दैनिक सय जनाभन्दा निकै कममा संक्रमण देखिने गरेकोमा निषेधाज्ञायता दिनमा २४६ जनासम्ममा संक्रमण फेला परेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपालमा संक्रमण शुरू भएदेखि २०७८ वैशाख २८ सम्ममा उक्त उमेर समूहका संक्रमित बालबालिकामध्ये २७ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५३८ जना बालबालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको विवरण छ ।

उक्त उमेर समूहमा एक वर्षमा ६ हजार ५८५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो । यता चार सातामा ३ हजार ३४ जनामा देखिएको छ ।

नयाँ भेरिएन्टको कोरोना संक्रमणमा बालबालिका संक्रमित हुने दर बढेको छ ।

१० वर्षमाथि पनि संक्रमण बढ्दो

पछिल्लो चार सातामा दश वर्षमाथि १९ वर्षभन्दा कम उमेर समूहमा संक्रमण बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बितेको चार सातामा यो उमेर समूहका ८ हजार ८८६ जनामा संक्रमण फेला परेको छ ।

गत वर्ष संक्रमण शुरू भएयता २०७७ चैत मसान्तसम्ममा यस उमेर समूहका १८ हजार ४०८ जनामा संक्रमण देखिएको थियो । संक्रमितको संख्या बढ्दै जाँदा मृत्युदर पनि बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमणका कारण वैशाख २८ गतेसम्म १० देखि १९ वर्षमुनिको उमेर समूहका २६ जनाको मृत्यु भएको छ ।

यस्तो छ विज्ञहरूको सुझाव

विज्ञहरूका अनुसार बालबालिकालाई भिडभाडमा नलैजानु नै संक्रमण रोकथामको पहिलो उपाय हो ।

ईशान बाल तथा महिला अस्पतालका निर्देशक प्राडा आरपी चौधरी संक्रमण रोकथाम नै सबैभन्दा महत्वपूर्ण हुने बताउँछन् ।

उनले भने, ‘पहिलो त संक्रमण हुन नदिनु नै राम्रो हो, संक्रमण भइहाल्यो भने पनि नआत्तिई धैर्यसाथ उपचारमा लाग्नुपर्छ ।’

बालबालिकालाई घरबाहिर लिएर जानै पर्ने भएमा उचित ढङ्गले मास्क प्रयोग गराउन, भौतिक दूरी कायम गराउन, स्यानिटाइजर प्रयोग गराउन, साबुनपानीले हात धुन लगाउन र अन्य उपाय अपनाउन डा. चौधरीको सुझाब छ ।

बालबालिकाको उमेर अनुसार आफैँ सफाइ गर्न नसक्नेलाई अभिभावकले गराउन र गर्न सक्नेलाई मापदण्ड पालना गर्न सिकाउन पनि उनको सुझाब छ ।

परिवारका कुनै सदस्यलाई कोरोना संक्रमण भएको छ भने बालबालिकालाई संक्रमितबाट टाढा राख्नु र्छ । संक्रमति व्यक्तिले अरूलाई सर्न नदिन  मापदण्डअनुसार सुरक्षाका सबै उपायहरू अपनाउनुपर्छ ।

भिटामिन सी युक्त पोषिलो खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यस्तो खानामा जोड दिन चिकित्सकहरूले सुझाब दिँदै आएका छन् ।

डा. चौधरीका अनुसार संक्रमित बालबालिकालाई सास फेर्न कठिन भएको छैन, ज्वरो सामान्य छ र पखाला लागेको छैन भने घरमै आइसोलेट गरेर राख्न सकिन्छ ।

सास फेर्न कठिन भएको, उच्च ज्वरो आएको वा शरीरमा अक्सिजन कम भएको अवस्थामा भने जतिसक्दो चाँडो अस्पताल लगेर चिकित्सकको सल्लाह बमोजिम गर्न डा. चौधरीको सुझाब छ ।

जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डे बालबालिका र सबै उमेर समूहका मानिसले कोरोना संक्रमणबाट बच्न सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउँछन् ।

दुई वटा सर्जिकल मास्क उचित तरिकाले प्रयोग गरेर, भौतिक दूरी कायम गरेर तथा सुरक्षाका अन्य नियम पालना गरेर कोरोना संक्रमणबाट बच्न सकिने डा.पाण्डेले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ०१ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही