इजरायल र प्यालेष्टाइनबीच तनाव, नेपालीहरुलाई सुरक्षित रहन राजदूत शाक्यको अपील « Khabarhub

इजरायल र प्यालेष्टाइनबीच तनाव, नेपालीहरुलाई सुरक्षित रहन राजदूत शाक्यको अपील


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक भिडन्त जारी रहेपछि इजरायलस्थित नेपाली राजदूत डा.अञ्जना शाक्यले नेपालीहरुलाई सुरक्षित रहन अपील गरेकी छन् ।

राजदूत शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दै गएको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको छ, नेपालीहरू सुरक्षित रहनुहोला ।’

साइरन बज्नासाथ घर भित्र भए बङ्कर, भर्‍याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान तथा झ्याल नजिक नजान र घरबाहिर ननिस्कन उनले अपील गरेकी छन् ।

कुनै समस्या परेमा नेपाली दूतावास वा आफ्नो साथीभाई वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : १६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम