एमाले स्थायी कमिटी बैठक जारी, नेपाल-खनाल समूहको मागबारे छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल-खनाल समूहको मागबारे छलफल


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् ।

यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल-खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ ।

तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको सार्वजनिक भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,