अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने « Khabarhub

अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध लड्न थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी इन्डो–प्यासेफिक कमाण्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सन् २०२० को अप्रिल यता कमाण्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।

यो सँगै नेपालमा युएसएडसमेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।

https://www.facebook.com/nepal.usembassy/posts/3890942150942815

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : १२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित