विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह « Khabarhub

विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बैंकर्स संघले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ ।

संघको बिहीबार बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।”

यस्तै बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरनतर रहने संघले जनाएको छ ।

संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम रु पचास हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ । संघले घरबाटै कारोवार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

भक्तपुर दरबार क्षेत्रमा सामूहिक योगाभ्यास

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९