अबैध भरुवा बन्दुक प्रहरीलाई बुझाइयो « Khabarhub

अबैध भरुवा बन्दुक प्रहरीलाई बुझाइयो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा बुझाएका हुन् ।

बुझाएकामध्ये २४ थान वैध र सात थान अवैध घरेलु भरुवा बन्दुक रहेका प्रहरी प्रमुख भाटले बताए । उनका अनुसार गौमुलबाट सात थान, धुलाचौर अस्थायी प्रहरी पोष्टबाट पाँच थान, बडिमालिका प्रहरी चौकीबाट तीन थान, जुड्डीबाट एक थान, डोगडी प्रहरी चौकीबाट चार थान, मैरेबाट दुई थान, टाँटेबाट एक थान र स्वामिकात्र्तिकबाट एक थान हतियार सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १ : २९ बजे

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन