अबैध भरुवा बन्दुक प्रहरीलाई बुझाइयो « Khabarhub

अबैध भरुवा बन्दुक प्रहरीलाई बुझाइयो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा बुझाएका हुन् ।

बुझाएकामध्ये २४ थान वैध र सात थान अवैध घरेलु भरुवा बन्दुक रहेका प्रहरी प्रमुख भाटले बताए । उनका अनुसार गौमुलबाट सात थान, धुलाचौर अस्थायी प्रहरी पोष्टबाट पाँच थान, बडिमालिका प्रहरी चौकीबाट तीन थान, जुड्डीबाट एक थान, डोगडी प्रहरी चौकीबाट चार थान, मैरेबाट दुई थान, टाँटेबाट एक थान र स्वामिकात्र्तिकबाट एक थान हतियार सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १ : २९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको