र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुने टोलीको बिदाइ « Khabarhub

र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुने टोलीको बिदाइ


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्‍याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा कार्यक्रम गरी आज पोखरामा बिदाइ गर्नाका साथै शुभकामना पनि दिइयो ।

राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ वर्ल्डकपमा सहभागी हुँदैछन् । नेपाली टोलीको प्रशिक्षकमा निमबहादुर मगर हुनुहुन्छ । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, पर्यटनका सङ्घ संस्था तथा व्यवसायीले खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरेका थिए । नेपाल र्‍याफ्टिङ एशोसिएनशका अध्यक्ष एवं टोली प्रशिक्षक मगरले यस टोलीले दुई महीनायता कालीगण्डकी, माथिल्लो सेती, त्रिशूली र मर्स्याङ्दी नदीमा अभ्यास गरेकाले विगतको भन्दा यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

सन् २०१७ मा जापानमा भएको प्रतियोगितामा नेपाली टोलीले १३औँ स्थान हासिल गरेको बताउँदै उनले यसपटक पदक ल्याउन नसके पनि पनि अन्तिम १० भित्रपर्ने गरी खेलाडीले मेहनत गरिरहेको बताए । चिलीमा हुने आगामी संस्करणमा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङ्घले बेर्होने भएकाले पनि अन्तिम १० मा पर्ने गरी प्रदर्शन गरिने प्रशिक्षक मगरको भनाइ थियो ।

सो प्रतियोगितामा नेपालसहित २९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नदीमा खेलिने साहसिक खेल र्‍याफ्टिङको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडी माझ प्रतिस्पर्धामा उत्रिन लागे पनि सरकारी निकायले चासो नदेखाउँदा दुःख लागेको उनको गुनासो थियो ।

विश्वकपमा सहभागी हुन रु ३४ लाख खर्च लाग्ने भए पनि खेलाडी आफ्नै खर्च र सहयोगमा अष्ट्रेलिया जान लागेको भनाइ नेपाली टोलीका कप्तान सुरज गुरुङको थियो । हालसम्म त्रिशूली नदी आसपास तथा खेलाडीको आफ्नो घर भएका चितवनको इच्छाकामना गाउँपालिकाबाट ६ लाख, धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट पाँच लाख, गोर्खाको गण्डकी गाउँपालिकाबाट दुई लाख, शहीद लखनबाट एक लाख तथा मनकामना दर्शन प्रालिबाट ५० हजारसहित हालसम्म १४ लाख ५० हजार सहयोग प्राप्त भएको र बाँकी खर्च खेलाडीले व्यक्तिगत रुपमा बेर्होनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।नेपाली टोली यही बैशाख २४ गते अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १ : ५६ बजे

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

खोटाङ– दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको

म्याग्दीको मंगलामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे