चल्लान् त ‘समर लभ’ का अतीत र साया ? | Khabarhub Khabarhub

चल्लान् त ‘समर लभ’ का अतीत र साया ?


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘समर लभ’ आउँदो शुक्रवार अर्थात् माघ २५ गतेबाट रिलिज हुँदैछ । सुबिन भट्टराईको बेस्ट सेलर उपन्यास ‘समर लभ’ माथि बनेको भएर पनि उपन्यासको चर्चा छ । तर, उपन्यासको चर्चाका आधारमा फिल्मको चर्चा नभएको हो कि भन्ने दर्शकले अनुभव गरेका छन् ।

यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा रेवती क्षेत्री र आशिष पियाले डेब्यु गर्दैछन् । फिल्ममा यी दुवैको आक्रामक फ्यान फलोइङ नभए पनि उपन्यासकै कारण फिल्म चल्छ कि भन्ने धेरैलाई लागेको छ । यद्यपि युवापुस्तामाझ फिल्मका केही कलाकारलाई लिएर असन्तुष्टि पनि देखिएको छ ।

उपन्यासमा पात्रको लूकको जसरी वर्णन गरिएको छ, त्यो अतीत र सायामा पनि नदेखिएको आरोप दर्शकले लगाएका छन् ।

यद्यपि फिल्मको ट्रेलर रुचाउँदै नरुचाइएको भन्न चाहिँ मिल्दैन । फिल्मकै प्रचारका लागि भनेर नायिका रेवती क्षेत्रीले आफ्नो नेपाल आउजाउलाई बाक्लो बनाएकी छिन् । अतीत बनेका आशिष पनि मिडियामा फिल्मका बारेमा खुलेरै बोलिरहेका छन् ।

यसकारण चल्न सक्छ फिल्म

‘समर लभ’ को जति हाइप बनिरहेको छ, यसको कारण फिल्मको कथा उपन्यासबाट लिइनु हो । यो फिल्मको कथाले केही हदसम्म उपन्यासको टेस्टलाई मर्न दिएको रहेछ भने फिल्म चल्न सक्छ । ट्रेलर र गीतबाट मध्यम प्रतिक्रिया पाएको फिल्मले भावनात्मक रुपमा दर्शकलाई जोड्ने अपेक्षा पनि गरिएको छ । यस अर्थमा फिल्म चल्न सक्छ ।

त्यसो त मुस्कान ढकाललाई पनि राम्रा मेकरका रुपमा लिइएकाले फिल्म राम्रो बनेको अड्कल गर्न सकिन्छ ।

यसकारण नचल्न सक्छ

अहिले फिल्मले जति हाइप बनाएको छ, त्यो हाइप फिल्मको प्रचारलाई पुग्दो छैन । अझै पनि आम दर्शकमाझ फिल्म आउँदो शुक्रवार रिलिज हुँदैछ भन्ने थाहा छैन । अर्कातिर फिल्म युनिटले सार्वजनिक गरेका साम्रगी (गीत तथा ट्रेलर) लाई पनि दर्शकले वाह भन्न सकेका छैनन् ।

नेपाली फिल्ममेकरले दर्शक कन्भिन्स गर्न नसक्ने जुन समस्या देखाउँदै आएका छन्, त्यसका आधारमा भने यो फिल्मले आशा गरिएअनुरुप प्रतिक्रिया नपाउन पनि सक्छ ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्मको स्किृप्ट सामीप्यराज तिमल्सेनाले लेखेका छन् । फिल्मले कस्तो प्रतिक्रिया पाउनेछ भन्ने बुझ्न अब धेरै समय कुर्नुपर्ने छैन ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : ५१ बजे

गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ : शशांक कोइराला

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरू

८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : ‘पार्टीमा फर्कन संवैधानिक अड्चन छैन’

काठमाडौं – पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको ८४

ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु