एउटी बेहुलीसँग बिहे गर्न भन्दै ४ जना बेहुला पुगेपछि... | Khabarhub Khabarhub

एउटी बेहुलीसँग बिहे गर्न भन्दै ४ जना बेहुला पुगेपछि…


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एउटी बेहुली विहे गर्न चारजना बेहुला पुगे भन्ने सुन्दै पनि अचम्म लग्न सक्छ । तर यो वास्तविकता नै हो ।

घटना भारतको हो । एउटी बेहुलीसँग बिहे गर्नको लागि ४ जना बेहुला पुगेको र कुनै पनि बेहुलाले बेहुली र उनको परिवार भेट्न नसकेको घटना सार्वजनिक भएको छ ।

जुमन्यूजका अनुसार कुनै पनि बेहुलाले बेहुली र उनका परिवार फेला पार्न नसकेपछि यो विषय पुलिसमा पुगेको थियो । पछि यो घटना ठगीको भएको खुलासा भएको छ ।

बिहीवार हरदाका एक युवक कोलार क्षेत्रमा रहेको जलकल्याण समितिको कार्यालयमा विवाह गर्न गएका थिए । तर, कार्यालयमा ताला लागेको देखेपछि उनीहरुले छिमेकीहरुसँग सोधे ।

छिमेकीहरुले उनीहरुले बताएको नामका कोही पनि त्यहाँ नभएको बताए । त्यसपछि बेहुलाले बेहुली पक्षका मानिसहरुको मोवाइल नम्बरमा फोनज गरे तर सबै फोन अफ थिए ।

त्यसपछि बेहुला र आफन्त पुलिस स्टेशन गए । तर, त्यहाँ उनीहरु झनै चकित परे किनकि त्यहाँ अन्य ३ जना बेहुला थिए जो त्यही बेहुलीसँग विवाह गर्न आएका थिए ।

त्यसपछि उनीहरु विवाहको नाममा ठगिएको खुलासा भएको थियो । सिएसपी भूपेन्द्र सिंहका अनुसार अनुसार अनुसन्धानमा ३ जनाले यो ठगी धन्दा चलाइरहेको खुलासा भएको छ ।

फोन नम्बरका आधारमा यो ठगी धन्दा चलाउनेहरुको खोजी गरी तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरु १ महिला र २ पुरुष भएको बताइएको छ । उनीहरु विवाह गर्न समस्या भएका युवाहरु भएका ठाउँमा जान्थे र त्यहाँ विवाहबारे प्रचार गर्थे । उनीहरु मोवाइल नम्बर पनि दिन्थे जुन नम्बरबाट बेहुलीसँग कुरा गर्ने व्यवस्था गर्थे ।

जब विवाह गर्न चाहने युवाले फोन गर्थे त्यसपछि उनीहरुलाई भोपाल आउन भनिन्थ्यो ।

भोपालमा ग्याङकै सदस्यले २ सयदेखि ५ सयसम्म दिएर भाडामा युवती ल्याइन्थ्यो र तिनैलाई बेहुलीको रुपमा चिनाइन्थ्यो । त्यसपछि उनीहरुसँग २०–२० हजार रुपैयाँ लिइन्थो । उजुरी गर्नेहरुले आरोपीहरुबाट आफ्नो रकम फिर्ता पाएका छन् । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : १७ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ