कसरी जुट्छ निःशुल्क खाना वितरणको खर्च ? « Khabarhub

कसरी जुट्छ निःशुल्क खाना वितरणको खर्च ?


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बन्दी सहायता नेपाल’ की अध्यक्ष इन्दिरा राणा निषेधाज्ञाका कारणले सडकमा आएका मानिसहरूलाई खाना खुवाउन तनमनले खटेकी छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न कडा निषेधाज्ञा जारी भएपछि दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका मानिसहरू खानाका लागि दाता खोज्दै आउन थालेका छन् ।

राणाले गत वर्षको लकडाउनमै निःशुल्क खाना वितरण शुरू गरेकी हुन् । उनका अनुसार ‘बन्दी सहायता नेपाल’ ले अहिले दैनिक सात सयभन्दा बढीलाई खाना खुवाउँदैछ । कुनै दिन यो संख्या एक हजारसम्म पुग्छ ।

दैनिक सात सयदेखि हजार जनासम्मलाई एक छाक खानाको सामग्री किनमेल गर्न, खाना पकाउन, बट्टामा प्याक गर्न, ठाउँठाउँमा पुगेर वितरण गर्न कति जनाले काम गर्नुपर्छ ? कति खर्च लाग्छ ? यस्तो खर्चको रकम कहाँबाट जुट्छ ? यी स्वाभाविक जिज्ञासाहरू हुन् ।

राणाका अनुसार उनको टिममा उनीसहित १२ जनाले काम गर्छन् । यीमध्ये धेरै जसो स्वयंसेक छन् । केहीले पारिश्रमिक पाउँछन् । खाना वितरणका लागि ठाउँठाउँमा पुग्न भाडाको ट्याक्सी प्रयोग हुन्छ ।

राणाका अनुसार यो सत्कर्मका लाग्ने खर्च देश तथा विदेशमा रहेका सहयोगी नेपालीहरूबाटै जुट्छ । उनको व्यक्तिगत तथा संस्थागत आह्वानमा खर्च जुटेको छ । उनले भनिन्, ‘हामीले पकाएर खुवाउने जिम्मेवारी लिएका मात्र हौँ खर्च त देश–विदेशमा भएका नेपाली दाजुभाइहरूले नै गर्नुभएको हो ।’

राणाका अनुसार उनको संस्थाले ३८६ दिनमा ५ लाख ५ हजार जनालाई खाना खुवाउँदा एक करोड ३० लाख रुपैयाँ खर्च भयो । यसमा ८५ लाख रुपैयाँ नगद र १५ लाख जतिको जिन्सी गरेर १ करोड रुपैयाँ सहयोग आएको र ३० लाख रुपैयाँ ‘बन्दी सहायता नेपाल’ ले खर्च गरेको उनले बताइन् ।

राणाका अनुसार खाना खाएका व्यक्तिको गन्ती प्याकेटको गन्तीबाट हुन्छ । गत १६ गते शुरू भएको निषेधाज्ञामा भएको खानाको खर्चको हिसाब गर्न बाँकी रहेको उनले बताइन् । सहयोग भने जुट्दै छ । उनले भनिन्, ‘यस पटक धेरै सहयोग उठेको छैन तर उठ्ने क्रम जारी छ ।’

राणाका अनुसार पहिलो पटकको लकडाउनमा धेरै सहयोग आएकाले हप्तामा एक पटक मासुसहितको खाना वितरण गरिएको थियो । यसपटक सहयोग कम नउठेकाले शाकाहारी खानामात्र वितरण गरिएको छ ।

उनका अनुसार शाकाहारी खानामा प्रतिव्यक्ति ३० रुपैयाँ जति खर्च हुन्छ । हाल उनको संस्थाले एका छाक खानामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च गरेको छ ।

अर्को संस्था ‘हाम्रो टिम नेपाल’ ले पनि गत वर्षको लकडाउनमै खाना खुवाउन थालेको हो । संस्थाका सचिव लक्ष्मण सिंह धामीका अनुसार खानासम्बन्धी कामको टोलीमा ३० जनासम्मले काम गर्छन् ।

‘हाम्रो टिम नेपाल’ को स्रोत पनि देश तथा विदेशका सहयोगी नेपालीहरू नै हुन् । संस्थाका सदस्यहरूले पनि सहयोग गर्छन् । धामी भन्छन्, ‘हामी दाताहरूको सहयोगले र आफ्ना सदस्यहरूबाट आएको सहयोगले खाना वितरण लगायतका काम गर्छौं ।’

‘हाम्रो टिम नेपाल’ का सदस्यले संस्थालाई मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्छ । धामीका अनुसार संस्थामा हाल ११ सय जना सदस्य छन् ।
पाँच सय जनालाई एक छाक खानामा दैनिक सरदर २५ हजार रुपैयाँ खर्च लाग्ने गरेको उनले बताए ।

धामीका अनुसार ‘हाम्रो टिम नेपाल’ निःशुल्क अक्सिजन वितरणको काम पनि शुरू गरेको छ । यो समूहले अग्नि पीडित, बाढी पीडित लगायतका प्रकोप पीडितहरूलाई सहयोग गर्दै आएको छ ।

सरकारी निकायबाट भने कुनै सहयोग नलिएको ‘बन्दी सहायता नेपाल’ की अध्यक्ष राणा र ‘हाम्रो टिम नेपाल’ का सचिव धामीको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ३० बजे

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत एमाले जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार