किन नियमित पानी पिउने ? « Khabarhub

किन नियमित पानी पिउने ?


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणिकालागि पानी अत्यन्त आवश्यक छ । पानी स्वास्थ्यकालागि सबैभन्दा उपयोगी तत्व हो । यसले धेरै प्रकारका रोग लाग्नबाट जोगाउँछ ।

पानीबिना मानव जीवनको कल्पना समेत गर्न सकिँदैन । हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ । यसका साथै हाम्रो स्वास्थ्यमा पानीले निम्न लाभहरु पुर्याउँछन् ।

१. कब्जियतको सबैभन्दा उत्तम औषधि पानी नै हो ।
२. शरीरमा भएको विषालु तत्व फाल्न पनि पानी आवश्यक छ ।
३. गर्मीमा हुने ‘लू’बाट बच्न पानीको सेवन अत्यन्त आवश्यक छ ।
४. ज्वरो १०३ डिग्री कटेपछि पानीपट्टी लगाउनुपर्छ ।
५. बेहोस भएको व्यक्तिलाई पानी छम्किनुपर्छ र बेहोसीबाट उठेपछि पानी पिउन दिनुपर्छ ।
६. लामो हिँडाइपछि थकाइ लागेको छ, टाउको दुखेको छ भने पानी पिएमा लाभ मिल्दछ ।
७. मनतातो पानीमा नुन हालेर खुट्टा डुबाएर केहीबेर राख्नाले थकाइ कम हुन्छ ।
८. रुघाखोकी लागेको बेला सकेसम्म बढी मात्रामा पानी नै पिउनुपर्छ ।
९. भाइरसको रोगमा जति पानी खायो त्यति नै पिसाबको माध्यमबाट शरीरबाट निस्कन्छ ।
१०. मूत्रनलीको संक्रमणबाट बच्न महिलाले दैनिक १२ गिलास पानी पिउनुपर्छ ।
११. महिनावारीको तल्लो पेट दुखाईमा तातोपानीमा नुन राखेर खुट्टा सेके दुख्न कम हुन्छ ।
१२. आगोले पोलेको बेला प्राथमिक उपचारका रूपमा पानी अमूल्य औषधि हो ।
१३. पोलेको भाग चिसो पानीमा भिजाएर राख्दा दुखाइ र छालामा समस्या पनि कम हुन्छ ।
१४. रुघाखोकी लागेर नाक बन्द भएमा तातोपानीको बाफ लिदाँ बन्द नाक खुल्दछ ।
१५. दैनिक ‘जलनेती’ गरे घाँटीमा बारम्बार हुने दुखाइको समस्यालाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : २५ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक