अक्सिजन नहुँदा वीरको नयाँ भवन सञ्चालन गर्न समस्या « Khabarhub

अक्सिजन नहुँदा वीरको नयाँ भवन सञ्चालन गर्न समस्या


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या भएको छ ।

सरकारको निर्देशन अनुसार नयाँ भवनबाट सेवा विस्तारको योजना बनाइए पनि अक्सिजन अभावले समस्या भएको वीर अस्पतालले जनाएको छ ।

सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेको छ ।

भवनमा बिरामी राख्न सबै तयारी पूरा गरेको बताउँदै अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाले अक्सिजन नभएपछि सञ्चालन गर्न नसकेको बताइन ।

५ सय शय्याको उक्त भवनमा अहिले ३ सय शय्यासम्म सञ्चालन गर्ने योजना छ । तर अक्सिजन नहुँदा योजना अनुसार काम नभएको सापकोटाले बताइन ।

उक्त भवनमा बिरामी राखेर उपचार गर्न कम्तीमा ६ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ५१ बजे

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन