आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै « Khabarhub

आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के आईओएस १४.५.१ इन्स्टल गरेपछि तपाईंको आईफोन स्लो भएको वा ब्याट्रीमा समस्या आएको छ ? त्यसो भए अब त्यसको समाधान आउने भएको छ ।

एप्पलले यस प्रकारका समस्या समाधानका लागि आफ्ना केही उच्चस्तरका नयाँ तथा पुराना आईफोन मोडलहरुको सूची निकालेको छ ।

यसै महिनाको शुरुवातमा बेन्चमार्क डाटाले आईफोन ११ तथा १२ सरिजको काम गर्ने क्षमतामा गम्भीर समस्या आएको पत्ता लगाएको थियो । त्यसैले पुरानो भइसकेको आईफोन एक्सआर मोडलले गीकबेन्च तथा ३डीमार्क टेस्टमा यी नयाँ मोडलहरुलाई उछिन्नु स्वाभाविकै थियो ।

आईफोन ११ मा भने यो समस्या पर्फर्मेन्समा मात्र नभएर छिट्टै ब्याट्री सकिने समस्या पनि थप भएर आएको पाइएको छ ।

आईएप्पल बाइट्सले गरेको गीकबेन्च परीक्षणमा एउटा आईओएस १४.५ अपडेट गरिएको आईफोन ११ मा लगभग ६ घण्टा ब्याट्री टिकेको थियो। तर जब यसलाई आईओएस १४.५.१ मा अपडेट गरियो तब यो समय अझै छोटिएर साढे ५ घण्टामा झर्‍यो ।

आईफोन एक्सआरमा पनि यो समय १० मिनट घटेको पाइयो । आईफोन ७ तथा ८ र २०२० आईफोन एसईमा भने ब्याट्री लाइफ बढेको बाहेक अन्य कुनै परिवर्तन देखिएन ।

आईओएस १४.५.१ मा अन्य कुनै कुरा राम्रा नपाइए पनि अत्याधुनिक सुरक्षाका संयन्त्र भने उपलब्ध छन्। तर अब यी समस्या समाधानका रुपमा आईओएस १४.६ बिटा भर्सनमा आइसकेको छ जसलाई अपडेट गरेपछि ब्याट्री तथा पर्फर्मेन्समा अहिले देखिएको समस्या हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ३३ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान