पार्टीको बैठक बसेको भनी सार्वजनिक भएको समाचारमा जसपा अध्यक्ष ठाकुरको आपत्ति « Khabarhub

पार्टीको बैठक बसेको भनी सार्वजनिक भएको समाचारमा जसपा अध्यक्ष ठाकुरको आपत्ति


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कार्यकारिणी समितिको बैठक नडाकिएको प्रस्ट पारेका छन् ।

ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गरेका हुन् ।

‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’

पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षधर सदस्यहरूको बैठक बसिरहेको छ ।

जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षले केपी शर्मा ओली नेतृत्वको निरन्तरता चाहेसँगै जसपा भित्र विवाद चर्किदै गएको छ । अर्का अध्यक्ष यादव र डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई साथ दिएका थिए । तर, वैकल्पिक सरकार गठनमा असफल भएसँगै जसपा भित्र विवाद चर्किएको हो ।

हेर्नुहोस् अध्यक्ष ठाकुरले निकालेको विज्ञप्ति

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ४० बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय