कोरोना संकटमा जनताको पीडा नदेख्ने संघीयता केका लागि ? : रवीन्द्र मिश्र « Khabarhub

कोरोना संकटमा जनताको पीडा नदेख्ने संघीयता केका लागि ? : रवीन्द्र मिश्र


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीमा जनताले भोग्नु परेको पीडालाई स्थानीय, प्रदेश र केन्द्र सरकारले गम्भीर रुपमा नलिएको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता केका लागि भन्दै प्रश्न उठाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भूमिका नदेखिएको भन्दै उनले संघीय व्यवस्थाप्रति प्रश्न उठाएका हुन् ।

‘संघीयता केका लागि ? संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो,’ सामाजिक सञ्जालमा टिप्पणी गर्दै मिश्रले भनेका छन्, ‘देश महाव्याधीको महासंकटमा छ । तर, यो संकटको बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैं जोहो गर्नु परेको छ ।’

मिश्रले संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको आरोपसमेत लगाएका छन् । ‘संघीयताको केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौं स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसाय र कमिसन बढाउन ? सिंदरबारको भ्रष्टाचार गाउँगाउँमा पुर्‍याउन ?’, उनको प्रश्न छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : ३८ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा