कोरोना संकटमा जनताको पीडा नदेख्ने संघीयता केका लागि ? : रवीन्द्र मिश्र | Khabarhub Khabarhub

कोरोना संकटमा जनताको पीडा नदेख्ने संघीयता केका लागि ? : रवीन्द्र मिश्र


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीमा जनताले भोग्नु परेको पीडालाई स्थानीय, प्रदेश र केन्द्र सरकारले गम्भीर रुपमा नलिएको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता केका लागि भन्दै प्रश्न उठाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भूमिका नदेखिएको भन्दै उनले संघीय व्यवस्थाप्रति प्रश्न उठाएका हुन् ।

‘संघीयता केका लागि ? संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो,’ सामाजिक सञ्जालमा टिप्पणी गर्दै मिश्रले भनेका छन्, ‘देश महाव्याधीको महासंकटमा छ । तर, यो संकटको बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैं जोहो गर्नु परेको छ ।’

मिश्रले संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको आरोपसमेत लगाएका छन् । ‘संघीयताको केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौं स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसाय र कमिसन बढाउन ? सिंदरबारको भ्रष्टाचार गाउँगाउँमा पुर्‍याउन ?’, उनको प्रश्न छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : ३८ बजे

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र