काठमाडौँ- मोटोपना अहिले समस्याको रुपमा देखिएको छ । त्यसमाथि पुल्टुक्क देखिने पेटले धेरैलाई आजित बनाएको छ । मोटोपनले शरीरको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् ।
त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ? यहाँ हामीले केही टिप्स उल्लेख गरेका छौं ।
– विहान काँचो लसुन खानुस त्यसपछि कागति पानी खानूस्
– शारीरिक ब्यायाम गर्नुहोस् ।
– राति छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
– नियमित रुपमा शारीरिक कसरत गर्ने ।
– बढी खाना खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् ।
– फलफूल खानुहोस्
– तनाव कम गर्नुहोस्
– पूरा निन्द्रा निदाउनुहोस् ।
– मद्यपान बन्द गर्नुहोस्
– बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।
– गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।
– प्रशस्त मात्रामा पानी पिउनुहोस् ।
– मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
– धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।
– एलोभेरा जुस पिउनुहोस् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया