महामारीमा कसरी बढाउने प्रतिरोधात्मक क्षमता ? खानुहोस् यी खाने कुरा « Khabarhub

महामारीमा कसरी बढाउने प्रतिरोधात्मक क्षमता ? खानुहोस् यी खाने कुरा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सकहरुको भनाइअनुसार हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खाने कुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता नै विकास गरिदिओस् ।

त्यस्ता खानेकुराको प्रयोगका कारण शरीरले आफैँभित्र एक प्रकारको शक्ति सञ्चय गर्दछ ।

अनि अर्को बुझ्नै पर्ने कुरा के छ भने पोषणयुक्त खानेकुरा खानु भनेको शरीर बढ्न, स्वस्थ रहन, रोग बिमारसित लड्न शरीरमा एक किसीमको क्षमता विकास गराउनु पनि हो ।

के हुन् ति खानेकुरा ?

कालो दालः कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुने गर्छ । यसलाई पकाउने तरिका धेरै प्रकारको छ । अधिकांशको भान्सामा पाक्ने कालो दाल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक छ । धान रोपेपछि चिस्यानयुक्त आलीमा यसलाई रोपिदिँदा यो मज्जाले फल्छ । कालो दाल एकपटक खाँदा मात्रै पनि हामीले १५ ग्राम फाइबर र प्रोटिन पाउन सक्छौँ जुन एकदिनका लागि शरीरलाई आवश्यक पर्याप्त पोषक तत्व हो ।

घिउ सिमीः १०० ग्रामको घिउ सिमीमा २१ ग्राम प्रोटिन हुने गर्छ । अन्य सीमीको प्रयोग पनि अति नै लाभदायक हुन्छ । सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

मकैः पहेँलो मकैमा एक कपमा १५।६ ग्राम प्रोटिन हुने गर्दछ । मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुने गर्छ । भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन ।

माछाः माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । यसमा ओमेगा–३ पाइन्छ । माछा पोषणयुक्त खानेकुरा भएता पनि सधैं माछा खान भने सकिन्न । गर्भवतिले माछा खाँदा चिकित्सकसँग परामर्श गरेर मात्रै खानुहोला । टुना स् टुना एक प्रकारको प्रचुर मात्रामा प्रोटिन पाइने माछा हो । सलाद, स्याण्डविच, खाजासँग माछा मिसाएर खान मिल्छ ।

आलुः आलु एक प्रकारको काब्रोहाइड्रेट प्रचुर मात्रामा पाइने फल हो । आलुको ब्रोक्रामा मात्र ४ ग्रामको प्रोटिन पाइन्छ । त्यसरी आलु पकाउँदा विशेष ध्यान दिनुपर्छ ।

ब्रोकाउलीः एक कप ब्रोकाउलीमा २.६ ग्राम प्रोटिन हुनेगर्छ । यसमा पाइने पदार्थ भनेको फोलेट र पोटासियम हो ।

काउलीः काउलीमा धेरै मात्रामा प्रोटिन तथा क्यालोरी पाइन्छ । एक कप काउलीमा २७ प्रकारका क्यालोरी र २ ग्राम प्रोटिन पाइन्छ ।

चाइनिज बन्दाः यसमा एन्टीअक्सिडेन्ट र प्रोटिन पाइन्छ ।

अण्डाः प्रोटिन र पोषण पाइने अण्डा दिनैपिच्छे खाने हो भने दिनभरी मानिस आरामसँग बस्न सक्छ ।

कुखुराको छातिः छाला नभएको १३६ ग्रामको कुखुराको छातिको मासुमा २६ ग्राम प्रोटिन पाइन्छ ।

ओट्सः १०० ग्रामको ओट्समा १७ ग्राम प्रोटिन पाइन्छ । त्यहाँ काब्रोहाइड्रेटस् पाइने खानामा ओट्स पनि पर्छ । विभिन्न खानेकुरा, फलफुल तथा सुपारीजन्य खाद्यपदार्थबाट ओट्स बनेको हुन्छ ।

टेम्फेः टेम्फे सोयबिनबाट तोफु जस्तै बनाइन्छ । यसमा प्रचुर मात्रामा पोषण तथा प्रोटिन मिल्ने गर्छ ।

अम्बाः अम्बा उष्ण मौसममा फल्ने फलफूल हो । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ ।

आल्मोण्डः अल्मोण्डमा धेरै मात्रामा क्यालोरी पाइने गर्छ । भुटेका आल्मोण्डको स्वाद विर्सन सकिन्न ।

फर्सिको वियाँ : फर्सिको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ५५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको