कोरोनाको कहर : दैनिक १९ लाख लिटर दूध खेर जाँदै « Khabarhub

कोरोनाको कहर : दैनिक १९ लाख लिटर दूध खेर जाँदै



काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण दूधको खपत ह्वातै घटेको छ ।

सामान्य अवस्थामा व्यावसायिक स्तरबाट मुलुकभर दैनिक ३२ लाख लिटर दूध खपत हुन्थ्यो । देशभर उत्पादन भएको दूधले बजारको माग पूरा गर्न नसक्दा पाउडर दूधको माग पनि उत्तिकै हुन्थ्यो ।

निषेधाज्ञाको अवस्थामा दूधको खपत घटेर १३ लाख लिटरमा झरेको छ । यो परिमाण सामान्य अवस्थाको तुलनामा ४० प्रतिशत हो । बाँकी १९ लाख लिटर अर्थात ६० प्रतिशत दूधले बजार नपाएको नेपाल डेरी एसोसियनले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण शहरी क्षेत्रमा दूधको खपत घट्दा दूध उत्पादक किसानहरू मर्कामा परेका छन् ।

विशेष गरी घर परिवार बाहेक ठूलो मात्रामा दूध खपत हुने विद्यालय, होटल, पार्टी प्यालेस जस्ता ठाउँ बन्द हुँदा कृषक र व्यवसायी दुबैले नोक्सानी व्यहोर्नु परेको छ ।

एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार खपत हुन नसकेको १९ लाख लिटर दूधलाई पाउडर बनाएर राख्न सकिने अवस्था पनि छैन ।

३ अर्बको पाउडर र बटर मौज्दात

२०७६ साल चैतमा लकडाउन शुरू हुँदा धेरै डेरी उद्योगहरूले किसानले उत्पादन गरेको दूध खेर जान नदिन ठूलो परिमाणमा पाउडर दूध र बटर बनाएका थिए ।

दाहालका अनुसार अहिले देशभर करिब ३ अर्ब रुपैयाँ बराबरको धुलो दूध (पाउडर) र बटर मौज्दात छ । यसै कारण अहिले खपत नभएको दूधको पाउडर बनाएर राख्न नसकेको उनको भनाइ छ ।

बजार चलायमान हुन थाल्दा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टले सबै क्षेत्रहरू थला परेका छन् ।

‘पहिलो लकडाउन खुलेपछि दूधको खपत ९० प्रतिशतसम्म हुन थालेको थियो,’ दाहालले खबरहबसँग भने, ‘निषेधाज्ञापछि खपत घटेर ४० प्रतिशतमा झरेको छ ।’

यो लकडाउनमा दूध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशत कम भई दैनिक १० करोड रुपैयाँभन्दा बढीको दूधले बजार नपाएको दाहालले बताए ।

‘हालको लकडाउनले गर्दा पुरानो मौज्दात रहेको पाउडर दूध र बटर अनि अहिलेको थपिँदो क्रमले गर्दा चालु पुँजी रोकिन गएको छ,’ उनले भने, ‘किसानको पैसा समयमा तिर्न सकिएको छैन ।’

भ्याक्सिन उपलब्ध गराउन माग

पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक ८ हजारले थपिँदै गएको छ, मृत्यु हुनेको संख्या सयभन्दा माथि छ ।

दाहालका अनुसार कोरोनाको दोस्रो लहर चलिरहँदा सरकारले तोकेको सबै स्वास्थ्य मापदण्ड पूरा गरी उच्च सतर्कताका साथ दैनिकरूपमा सम्पूर्ण दुग्ध उद्योगी, किसान र संघसंस्थाहरूले सेवा प्रवाह गर्दै आइरहेका छन् ।

यस्तो अवस्थामा दूध संकलन, प्रशोधन र बजारीकरण गरिरहेका सबैलाई भ्याक्सिन उपलब्ध गराउन एसोसियसनले सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  २ : ३६ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण