एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन « Khabarhub

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधावकुरमा नेपाल र झलनाथ खनाल पक्षबीचको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो ।

एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको हो । अध्यक्ष ओली र वरिष्ठ नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ ।’

वार्ता टोलीलाई तीन दिनको समय दिने भनिएपछि केहि दिन बढि दिएर पार्टी एकतालाई कायम राख्न प्रयास गरिने नेता नेपालले बताए ।

गत शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको एमाले नेताहरुको बैठकले कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र  वरिष्ठ नेता नेपाललाई दिने सहमति गरेको थियो ।

उक्त बैठकमा २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने विषयमा सहमति भएको थियो

केही दिन अघि व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको ओली र नेता नेपालबीच भएको भेटपछि कार्यदल गठन गरी विवाद समाधान गर्ने सहमति भएको थियो । एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि खनाल–नेपाल समूह राजनीमा दिने स्थितिमा पुगेका थिए । तर, ओलीसँगको विवाद समाधानउन्मुख भएको हो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : २२ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक