खुट्टा गुमेपछि पलाएको सगरमाथा चढ्ने जोश ! | Khabarhub Khabarhub

खुट्टा गुमेपछि पलाएको सगरमाथा चढ्ने जोश !


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकी सेनाको पूर्व मरिन कप्र्स सारजेन्ट क्रिष्टी अहिले सर्वोच्च शिखर सगरमाथाको आरोहण अभियानमा छिन् ।

अमेरिकी सेनामा कार्यरत रहँदा २०१२ मा अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा एक खुट्टा गुमाएकी उनलाई केही शेर्पा र अन्य आरोहीहरुले हौसला दिइरहेका छन् ।

आफ्नो साइडस्टिक्सको सहारामा निकै साँघुरो बाटोबाट संघर्ष गर्दै सगरमाथाको अभियानमा अघि बढेको केही मानिसहरुलाई मन नपरेको उनले आफ्नो ब्लगमा लेखेकी छिन् ।

यस्ता कुराले निरुत्साहित बनाएपनि अन्य शेर्पा र विदेशी पर्वतारोहीले सगरमाथा अभियानलाई अघि बढाउन हौसला दिएपछि भने आफूले आँशु रोक्न नसकेको कुरा लेखेकी छिन् ।

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा आफ्नो खुट्टा गुमेपनि उनी अघि बढिनै रहेकी छिन् । आफूबारे जानकार रहेका केही साथीहरुले आफ्नो साथ दिएको देखेर आफू निकै नै प्रभावित भएको उनको भनाइ छ ।

हाल उनी केबल एक खुट्टाको सहारामा सगरमाथाको शिखरमा पुग्ने पहिलो महिला बन्ने अभियानमा छिन् । उनको दृढ इच्छा, चाहना र उत्साहले उनलाई सगरमाथाको शिखर आरोहण गर्ने अभियानसम्म ल्याइपुर्‍याएको उनी बताउछिन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनले आफू हाल सगरमाथाको क्याम्प थ्रीतर्फ लम्किरहेको लेखेकी छिन् ।

यो सिजन सगरमाथाको शिखरमा पुगिसक्ने दृढ संकल्पका साथ सगरमाथा आरोहण अभियानमा रहेकी उनी क्रिष्टी फाउण्डेसनको समेत स्थापना गरेकी छिन् । सगरमाथा आरोहणबाट उनी ‘मेकिङ अ मिलियन डलर्स टु गिभ अ मिलियन डलर अवे’ भन्ने नारा लिएको क्रिष्टी फाउण्डेसनका लागि पनि पैसा भेला पार्ने जागरकता जगाउने अभियानमा छिन् ।

उनले इन्स्टाग्राममा दावा शेर्पासँगको भेटलाई पनि शेयर गरेकी छिन् । नर्थ फेससँग आबद्ध खेलाडी दावा शेर्पा हाल सगरमाथामा स्वचालित मौसम स्टेशनको स्थापनाका लागि नेशनल जियोग्राफिक सोसायटीको अभियानमा छिन् ।

‘‘दावाले मलाई बाटामै रोकिन्, त्यसपछि मलाई अंगालो हालिन् । मेरा लागि यो जीवनकै सबैभन्दा उत्कृष्ट अंकमाल थियो । त्यसपछि उनले मलाई हौसला प्रदान गर्दै भनिन्, ‘राम्ररी जानुहोस्, तपाईंबाट म प्रभावित भएँ ।’’

सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १८ बजे

सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी

बागलुङ– बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा

पूर्व राष्ट्रपतिको सदस्यता विवाद होइन, आकाङ्क्षा र निर्णयबीच अन्तर विरोध हो : एमाले महासचिव

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित

काठमाडौं– २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार