विदेशमा रहेका नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण गरिएको छ ।

कोरोना महामारीका कारण नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशलाई १००, कर्णालीलाई १००, लुम्बिनीलाई २००, प्रदेश-२ लाई ८५ र गण्डकीलाई ७५ थान सिलिण्डर वितरण गरिनेछ ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको जानकारी दिइएको छ । साथै गैरआवासीय नेपालीले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : १० बजे

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण