मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि « Khabarhub

मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– ‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् ।

एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पुरा परिवार बस्छन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यू फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् । संस्थाको उद्देश्य लैंगिक हिंसा अन्त्य गर्नु हो ।

उनी एक सर्टिफाइट मेकअप आर्टिष्ट र मोडल हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : १० बजे

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले