बुद्धशान्ति गाउँपालिकाद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन « Khabarhub

बुद्धशान्ति गाउँपालिकाद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन



झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारेको छ ।

गाउँपालिका भित्रै संक्रमितको संख्या एक सय नाघेसँगै आइसोलेसन तयार पारिएको हो ।

गाउँपालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधीन भवनमा १५ जना क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।

आइसोलेनमा बस्ने संक्रमितको चाप बढेसँगै शय्या संख्या पनि विस्तार गरिने उनले बताए ।

आइसोलेसन तयार भए पनि धेरैजसो संक्रमितले घरैमा बस्न चाहेका कारण कोहि पनि त्यहाँ बस्न भने आएका छैनन् । तर आइसोलेसनमा रहनुपर्ने संक्रमित भएमा स्वास्थ्यकर्मीको सेवा तथा अक्सिजनको सुविधा सहित तयारी अवस्थामा राखिएको गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले बताइन् ।

निःशुल्क सेवा

गाउँपालिकाले निःशुल्क स्वास्थ्यकर्मीको प्रारम्भिक सेवा समेत दिने गरी आइसोलेसन तयार पारेको जनाएको छ ।

यहाँ बस्ने संक्रमितले कुनै पनि शुल्क तिर्नु नपर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताए । आइसोलेसन सेन्टरमा रहने संक्रमितलाई गाउँपालिकाले स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गर्ने, अक्सिजन दिनेसम्मका कार्य गरे पनि अवस्था जटिल बनेमा भने अन्य रेफर गरिने उनले बताए ।

यस अघि झापाका अन्य केही स्थानीय तहले पनि आइसोलेसन सञ्चालनमा ल्याएका छन् । दमक नगरपालिकामा भने अस्थायी कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ भने कमल गाउँपालिकामा पनि कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

दमकका चार ठाउँमा संक्रमितको उपचार

दमकमा भने चार ओटा अस्पतालमा कोभिड संक्रमितको उपचार हुने गरेको छ ।

दमकको सरकारी अस्पताल दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रसँगै अरु तीन वटा अस्पतालले पनि कोभिड संक्रमितको उपचार गर्न थालेका छन् ।

कोभिड उपचार केन्द्रमा ३०, आम्दा अस्पतालमा ३४, लाईफलाईन अस्पतालमा ३० र एडभान्स अस्पतालमा २५ शैया क्षमताको कोभिड उपचार केन्द्र सञ्चालनमा छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै