बुद्धशान्ति गाउँपालिकाद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन « Khabarhub

बुद्धशान्ति गाउँपालिकाद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन



झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारेको छ ।

गाउँपालिका भित्रै संक्रमितको संख्या एक सय नाघेसँगै आइसोलेसन तयार पारिएको हो ।

गाउँपालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधीन भवनमा १५ जना क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।

आइसोलेनमा बस्ने संक्रमितको चाप बढेसँगै शय्या संख्या पनि विस्तार गरिने उनले बताए ।

आइसोलेसन तयार भए पनि धेरैजसो संक्रमितले घरैमा बस्न चाहेका कारण कोहि पनि त्यहाँ बस्न भने आएका छैनन् । तर आइसोलेसनमा रहनुपर्ने संक्रमित भएमा स्वास्थ्यकर्मीको सेवा तथा अक्सिजनको सुविधा सहित तयारी अवस्थामा राखिएको गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले बताइन् ।

निःशुल्क सेवा

गाउँपालिकाले निःशुल्क स्वास्थ्यकर्मीको प्रारम्भिक सेवा समेत दिने गरी आइसोलेसन तयार पारेको जनाएको छ ।

यहाँ बस्ने संक्रमितले कुनै पनि शुल्क तिर्नु नपर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताए । आइसोलेसन सेन्टरमा रहने संक्रमितलाई गाउँपालिकाले स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गर्ने, अक्सिजन दिनेसम्मका कार्य गरे पनि अवस्था जटिल बनेमा भने अन्य रेफर गरिने उनले बताए ।

यस अघि झापाका अन्य केही स्थानीय तहले पनि आइसोलेसन सञ्चालनमा ल्याएका छन् । दमक नगरपालिकामा भने अस्थायी कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ भने कमल गाउँपालिकामा पनि कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

दमकका चार ठाउँमा संक्रमितको उपचार

दमकमा भने चार ओटा अस्पतालमा कोभिड संक्रमितको उपचार हुने गरेको छ ।

दमकको सरकारी अस्पताल दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रसँगै अरु तीन वटा अस्पतालले पनि कोभिड संक्रमितको उपचार गर्न थालेका छन् ।

कोभिड उपचार केन्द्रमा ३०, आम्दा अस्पतालमा ३४, लाईफलाईन अस्पतालमा ३० र एडभान्स अस्पतालमा २५ शैया क्षमताको कोभिड उपचार केन्द्र सञ्चालनमा छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : २५ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,