नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार « Khabarhub

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ ।

हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०.७१ अंकले बढेको बजार २७५९.२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो।

आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४५ अंकले बढेर ४९२.५९ बिन्दुमा पुग्यो ।

विकास बैंक, होटल तथा पर्यटन क्षेत्र र उत्पादनबाहेक सबै समूहको सूचक उकालो लागेको छ ।

सोमबार रुरु जलविद्युत्‌को शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी, कर्पोरेट विकास ब्यांक लगायत १० कम्पनीको शेयर ९ प्रतिशत बढीले उकालो लागेको छ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ३६ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य