चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित | Khabarhub Khabarhub

चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ताऊ ते’ चक्रवातले भारतका केही राज्यमा वितण्डा मच्चाएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । ६ हजार ३४९ बढी गाउँ चक्रवातका कारण नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चक्रवातका कारण महाराष्ट्रमा मात्रै ११ जनाको मृत्यु भएको छ ।

रायगढ जिल्लामा चार जनाले ज्यान गुमाएका हुन् भने रत्नागिरी र ठाणे जिल्लामा २–२ जनाको मृत्यु भएको हो । यस्तै, सिन्धुदुर्ग र धुलेमा १–१ जनाको ज्यान गएको छ । मुम्बईको मिरा रोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो ।

मुम्बईको ४७९ स्थानमा रुख ढलेका छन् । जसका कारण ६० भन्दा बढी स्थानमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । आँधीका कारण सयौँ सवारी साधानमा क्षति पुगेको बताइएको छ ।

भारतीय मौसम विभागका अनुसार ताऊ तेका कारण मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।

यस्तै, आँधी प्रभावित क्षेत्रमा विद्युत सेवा काटिएको छ । विद्युत सब स्टेशनमा क्षति पुगेका कारण विद्युत आपुर्ति प्रभावित भएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ०१ बजे

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

काठमाडौं– विगतका महाधिवेशनको पूर्वसन्ध्यामा देखिने क्रियाशील सदस्यता विवाद निरूपणका लागि

११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा

काठमाडौं – अघिल्लो आर्थिक वर्ष (आव)को ६ महिनाको तुलनामा चालु

यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट

एकीकृत समाजवादीको हिसाबकिताब : सवा ४ करोड आम्दानी गरेको पार्टी ३२ लाख घाटामा

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वार्षिक लेखापरीक्षण

वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा