३ वर्षीया प्राप्ती बानियाँले होम आइसोलेसनबाटै जितिन कोरोना « Khabarhub

३ वर्षीया प्राप्ती बानियाँले होम आइसोलेसनबाटै जितिन कोरोना



बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका–३, निवासी ३९ वर्षीय रितु बानियाँलाई वैशाख १७ गतेदेखि सामान्य ज्वरो आयो । १६ गते जिल्लामा निशेधाज्ञा शुरू भएको थियो । उनी सैनामैनामा पसल चलाउँछन् । परिवारमा ३ वर्षीया छोरी प्राप्ति र श्रीमती २८ वर्षीया धुव्र कार्की बानियाँ छन् ।

सामान्य ज्वरो, रुघाखोकी र शरीर दुख्ने लक्षण देखिएपछि रितु घरैमा छुट्टै कोठामा बस्न थाले । आठ दिनपछि सैनामैना नगरपालिकाले कोरोना परीक्षण गर्न वडामा स्वाब संकलन गर्‍यो ।

रितु्को परिवारका तीनै जनाले स्वाब दिए । अर्को दिन सबै जनाको रिपोर्ट पोजेटिभ आयो । रितुका छोरीलाई सामान्य ज्वरो आएको थियो । बाबुआमा दुवैलाई सामान्य लक्षण देखिएको थियो ।

आमाछोरी एउटा कोठामा र रितु अलग्गै कोठामा बसे । रितुले भने, ‘छोरीलाई डाक्टरको सल्लाह अनुसार तातो पानी र सिटामोल खान दियौँ । तीन दिनपछि उनको ज्वरो पनि सञ्चो भयो । हामीलाई पनि बिस्तारै सञ्चो भएको महसुस भयो । पोषिलो खानेकुरा खाने, तातोपानी पिउने र बाफ लिने गर्‍यौँ ।’

छोरीलाई रुघाखोकी थियो । डाक्टरको सल्लानहअनुसार उनलाई भिडामिन सी, भिटामिन डी र प्यारासिटमोल दिए ।

रितु लकडाउनको अघिल्लो दिनसम्म पसलमै व्यस्त थिए । आफूलाई त्यहीँ कोरोना सरेको हुनसक्ने उनले बताए । ‘अक्सिजन अभावले ज्यान गएको समाचार सुन्दा आफू पनि नबाँचिने हो कि भन्ने पिर लाग्थ्यो,’ उनले भने, ‘हाम्रो लागि अठोट र मनोबल नै सबैभन्दा ठूलो बन्यो ।’

उनीहरु दश दिनपछि दोस्रो पटक स्वाब दिन बुटवलको प्याथ ल्याब गए । सबैको रिपोर्ट नेगेटिभ आयो । रितुले भने, ‘तीन वर्षकी छोरी पनि कोरोनालाई जित्न सफल भइन्, हामी धेरै खुशी भयौँ । मनोबल उच्च राख्नसके कोरोनालाई पराजित गर्न सकिने रहेछ ।’

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : ५० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले