नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ : आयोग | Khabarhub Khabarhub

नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ : आयोग


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वागमती प्रदेशमा जेठ ६ गते (बिहीबार) हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

मौनअवधि पूर्ण पालना होस्

उपनिर्वाचन प्रयोजनका लागि गएराति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु भएको छ । आयोगले सो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मात्र होइन मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेबारे राजनीतिक दल र उम्मेदवारको ध्यानाकर्षण गराएको छ ।

एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले आचरण पालना गर्न गराउन आयोगले सबैसँग अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ०१ बजे

अर्थसंक्षेप : शेयर बजारमा २६ अंकको गिरावट, नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । यता,

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण

विपद व्यवस्थापनमा सघाउने चेम्बरको निर्णय 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो

काठमाडौं- कीर्तिपुरमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)