हाल १ हजार ९८० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

हाल १ हजार ९८० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ५९० कोरोना संक्रमितको आईसीयूमा र ३९० को भेन्टिलेटरमा गरी कुल १ हजार ९८० जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९४ जना आईसीयूमा र ४३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २२५ आईसीयूमा र ४६ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७९१ जना आईसीयूमा र २४४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११३ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ८२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : १६ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ