सर्वोच्चले थाल्यो भर्चुअल सुनुवाइ « Khabarhub

सर्वोच्चले थाल्यो भर्चुअल सुनुवाइ


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले अनलाइनबाट भर्चुअल सुनुवाइको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मंगलबारदेखि भर्चुअल सुनुवाइ थालेको हो ।

सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन पेशीमा परेका थिए । सिन्हाको इजलासमा रहेका ६ वटै मुद्दाका कानुन व्यवसायीहरुले अनलाइनबाट बहस गरेका थिए ।

सर्वोच्चले यसरी भर्चुअल सुनुवाइ गर्दा कानुन व्यवसायीहरुलाई कार्यालय (ल फर्म) वा घरबाट मुद्दाको बहस गर्ने सुविधा दिएको छ ।

सुनुवाइ गर्ने न्यायाधीश भने सर्वोच्च अदालतको इजलासमा नै उपस्थित हुन्छन् । भर्चुअल सुनुवाइ गर्ने इजलासहरुमा कानुन व्यवसायीहरुलाई भौतिक रुपमा उपस्थित हुने अनुमति छैन । तर सर्वोच्च अदालतमा उपस्थित हुन चाहेमा सञ्चार कक्षमा बसेर नै भर्चुअल बहसमा सहभागी हुनसक्ने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

यसलाई सरोकारवालाहरुसँगको समन्वयमा अरु इजलासमा पनि विस्तार गरिने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको बैशाख ३१ को पूर्ण बैठकले भर्चुअल बहसमा जाने निर्णय गरेको लगत्तै सर्वोच्चमा आजदेखि भर्चुअल बहस सुरु हुन लागेको हो ।

मुलुकको सर्वोच्च अदालतजस्तो मौलिक अधिकारहरुको अभिभावकले ढोकै बन्द गरेर बस्नु गैर जिम्मेवारी हुने भन्दै न्यायक्षेत्रबाट चर्को आलोचना भएपछि सर्वोच्च अदालतले भर्चुअल बहसमा जाने निर्णय गरेको हो । कतिपय सेवाग्राही र पाका कानुनविद्ले यो व्यवहारिक नहुने भन्दै विरोध गरेका छन् ।

छिमेकी भारतका अदालतहरुले कोरोनाको महामारीको अवधिमा गत बर्षमात्रै ४९ लाख थान मुद्दाको अनलाइन सुनुवाई गरेको सन्दर्भमा नेपालको सर्वोच्च अदालतले समेत अनुकरण गरेको भर्चुअल बहसको भविष्य यसको प्रभावकारीतामा रहने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : १५ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ