आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको एक /दुई स्थानमा हल्का वर्षा भएको छ ।

वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

२०७८ जेठ ५ गने (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

२०७८ जेठ ६ गने (बिहीबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

जेठ ७ गने (शुक्रबार)

दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगाएत देशका बाँकी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको केही ठाँउमा र बाँकी पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : २५ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु