कोरोना कहर : आन्तरिक मुल्यांकनबाटै परीक्षा लिन पालिकाहरुले दिए निर्देशन | Khabarhub Khabarhub

कोरोना कहर : आन्तरिक मुल्यांकनबाटै परीक्षा लिन पालिकाहरुले दिए निर्देशन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिन सक्ने अवस्था नभएपछि केही स्थानीय तहहरुले आन्तरिक मुल्यांकन विधिमार्फत विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् ।

कोरोनाको जोखिम नघटेको हुँदा काठमाडौँ महानगर, पोखरा महानगर र इलाम नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई आन्तरिक मुल्यांकनका आधारमै भए पनि परीक्षा लिन निर्देशन दिएका हुन् ।

यही जेठ २ गते आइतबार काठडमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरुलाई आन्तिरिक मुल्यांकनको आधारमा परीक्षा गर्न निर्देशन दिएको थियो । महानगरले आगामी २० गतेभित्र परीक्षा सकेर जेठ मसान्तसम्ममा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिइसकेको छ ।

कक्षा ८ बाहेक अन्या कक्षाको अनलाइन, अफलाइन, टेलिफोन, आन्तरिक मुल्यांकन लगायत विभिन्न विधिबाट परीक्षा सञ्चाालन गर्न निर्देशन दिएको महानगरले आज पुनः अर्को विज्ञप्ति जारी गदैँ ८ कक्षाको परीक्षा पनि आन्तरिक मुल्यांकनको आधारमा गर्न निर्देशन दिएको छ ।

कक्षा ८ को परीक्षा मुल्यांकन गर्नको लागि महानगरले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिलाई २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।

त्यस्तै पोखरा महानगरपालिकाले पनि गएको सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनको आधारमा परीक्षा गर्न आग्रह गरेको थियो ।

विद्यार्थीको त्रैमासिक, अर्धवार्षिक परीक्षालाई आधार मानेर आन्तरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक नतिजा प्रकाशन गर्ने र शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना सम्बन्धी कार्य आसार एक गतेबाट मात्र सुरु गर्ने महानगरले निर्णय गरेको हो ।
पोखरा महानगरले ८ कक्षाको वार्षिक परीक्षाको विषयमा भने हालसम्म कुनै निर्णय गरेको छैन् ।

त्यस्तै इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुलाई आन्तरिक मुल्यांकन गरी जेठ मसान्तभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिइसेकेको छ ।

भौतिक रुपमा उपस्थित भइ तत्काल परीक्षा गर्न सक्ने अवस्था नरहेकाले भन्दै २०७७ को वार्षिक परीक्षा आन्तिरिक मुल्यांकन विधिबाट गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।
यसअघि सञ्चालन भएका त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानेर वा अन्य वैकल्पिक प्रक्रियाबाट मूल्याङ्कन गरी जेष्ठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नगरपालिकाले असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन पनि सबै विद्यालयलाई निर्देशन दिएको छ ।

इलाम नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको विषयमा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिले अर्काे सूचना जारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : १४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको