बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरू « Khabarhub

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरू


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि , महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का , कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, डा. प्रकाश शरण महत, प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल, नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेल लगायतको उपस्थिति छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रक्रिया शुरू गर्न नहुने प्रारम्भिक प्रतिक्रिया जनाएको कांग्रेसले यसबारे आज औपचारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : २६ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन