सूचना प्रविधिको उपयोग– सफ्टवेयरबाटै स्वास्थ्य सेवा पाउँछन् यहाँका गाउँले | Khabarhub Khabarhub

सूचना प्रविधिको उपयोग– सफ्टवेयरबाटै स्वास्थ्य सेवा पाउँछन् यहाँका गाउँले


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सूचना प्रविधिको व्यापकतालाई बागलुङमा स्वास्थ्य उपचारका लागि समेत प्रयोगमा ल्याइएको छ । बागलुङ नगरपालिकाको वडा नम्बर १४ स्थित नारायणस्थान स्वास्थ्यचौकीले जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ ।

सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु ४० हजार र वडा कार्यालयले रु ४० हजार विनियोजन गरेको थियो ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गाैला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले बताP ।

एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले बताए ।

सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्नेछ । ‘वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्नेछ,’ शर्माले भने । स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ३५ बजे

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा

हुलाक सेवासँगै व्यापार गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

मोरङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक