सूचना प्रविधिको उपयोग– सफ्टवेयरबाटै स्वास्थ्य सेवा पाउँछन् यहाँका गाउँले « Khabarhub

सूचना प्रविधिको उपयोग– सफ्टवेयरबाटै स्वास्थ्य सेवा पाउँछन् यहाँका गाउँले


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सूचना प्रविधिको व्यापकतालाई बागलुङमा स्वास्थ्य उपचारका लागि समेत प्रयोगमा ल्याइएको छ । बागलुङ नगरपालिकाको वडा नम्बर १४ स्थित नारायणस्थान स्वास्थ्यचौकीले जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ ।

सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु ४० हजार र वडा कार्यालयले रु ४० हजार विनियोजन गरेको थियो ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गाैला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले बताP ।

एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले बताए ।

सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्नेछ । ‘वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्नेछ,’ शर्माले भने । स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ३५ बजे

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु