शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- चाँडै उपयुक्त निर्णय लिन्छौँ « Khabarhub

शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- चाँडै उपयुक्त निर्णय लिन्छौँ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।

पार्टी पदाधिकारी बैठक पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको थियो ।

देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै उपयुक्त निर्णय लिइने बताए ।

उनले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भएको जानकारी दिँदै अब कसरी अघि बढ्ने भन्नेबारेका विकल्पका विषयमा कुराकानी भएको बताए ।

उनले अब केही बेरमा उपयुक्त निर्णय लिने बताए । प्रचण्ड शीर्ष नेताको छलफल पछि पार्टीको स्थायी कमिटी बैठकमा जानेछन् । बैठक १ बजेलाई पेरिसडाँडामा बोलाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ०४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन