कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताए । कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गरेको बताउँदै उनले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्र निर्माणका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकतानुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ०६ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको