उपेन्द्र यादवको विज्ञप्ति : केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन | Khabarhub Khabarhub

उपेन्द्र यादवको विज्ञप्ति : केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक स्थगित भएको भनेर विज्ञप्ति निकालेको केही समयभित्रै यादवले अर्को विज्ञप्ति जारी गर्दै बैठक स्थगित नभएको बताएका हुन् ।

शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको भन्दै यादवले बैठकमा उपस्थित हुन पदाधिकारीहरूलाई आह्वान गरेका छन् ।

केही बेर अगाडि मात्रै जसपाकै अर्का अध्यक्ष ठाकुरले बैठक स्थगित भएको बताएका थिए । दुई पक्ष बीच टकराव आइरहेको समयमा यादव पक्षले भने बैठक बोलाएको हो ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ३६ बजे

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको