बाजुरामा एक साता निषेधाज्ञा थप « Khabarhub

बाजुरामा एक साता निषेधाज्ञा थप


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुरा जिल्लामा नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ ।

बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको बताए ।

जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ४ : ०६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको