मलाई कोफ्ता करी (भेजिटेबल) बनाउने तरिका « Khabarhub

मलाई कोफ्ता करी (भेजिटेबल) बनाउने तरिका


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री :

आधा धार्नी आलु, ४०० ग्राम पनिर, ५० ग्राम खुवा, २० ग्राम काजु, १० ग्राम किसमिस, १०० ग्राम कर्नफ्लोर, ४० मि.लि. क्रिम, तेल फ्राई गर्न पुग्ने, २० ग्राम गरम मसलाको पाउडर, २० ग्राम मरिचको धुलो, ५ ग्राम धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद अनुसारको धनियाँपत्ता काटेको, बदाम पिँधेको ।

बनाउने विधि :

थोरै पानीमा आलु गल्ने गरी उसिन्नु र बोक्रा छोडाई गिर्खा नरहने गरी मुछ्नु साथमा १०० ग्राम पनिर सहित १०० ग्राम कर्नफ्लोर तेलमा सबै मसला राखी ५ मिनेट जति भुट्नु । अब बाँकी खुवा पनिर काजु, किसमिस, क्रिम, वटर, पिनटको पेष्ट सबैलाई मिक्स गरी राख्नु, आलुलाई गोलो गोलो बनाई पनिर भएको मसला बीचमा राखी राम्रोसँग बन्द गर्नु र ब्रेडक्राम लगाई रातो हुने गरी फ्राई गर्नु ।

ग्रेविको लागि : २०० ग्राम प्याज काटेको, २५/२५ ग्राम अदुवा लसुन पिँधेको, ५० ग्राम गोलभेँडा काटेको तयार गरी प्याजलाई रातो हुने गरी फ्राई गर्नु र लसुन अदुवा गोलभेँडा राख्नु । तेल निक्लिने गरी भुट्नु अन्य मसला राखी ग्रेवीलाई तयार गर्नु र फ्राई गरेको कोफ्ता ग्रेविमा राख्नु । तयार भयो ।

साभार :सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ०४ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल