स्वास्थ्य संकटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र « Khabarhub

स्वास्थ्य संकटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो (एपी)- जापानको राजधानी टोकियोमा हुने ओलम्पिक प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्वउपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिएका हुन् ।

अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो ।

प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ ।

जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलिया ओलम्पिक कमिटिका अध्यक्ष समेत रहनु भएका कोट्सले भर्चुअल माध्यम मार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढीरहेको जानकारी दिए ।

प्रतियोगिताका आयोजकहरु मध्येका सरोकारवालाहरुसँग भएको तीन दिने बैठकपछि उहाँले स्वास्थ्य विज्ञहरुको सल्लाह अनुसार तयारीका कामहरु भइरहेको बताए । त्यसैगरी विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ५५ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो