नेपाली फिल्ममा अवार्डको किनबेच, ‘जुरी’ लाई प्रश्न ! | Khabarhub Khabarhub

नेपाली फिल्ममा अवार्डको किनबेच, ‘जुरी’ लाई प्रश्न !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म उद्योगमा अवार्ड किनबेच हुन्छ भन्ने आरोप नेपालका लागि नौलो होइन । अवार्ड वितरण गर्ने आयोजकहरुले आफूहरुले अवार्ड वितरणमा निष्पक्षता अपनाएको दाबी गर्दै आएका छन् । तर,  फिल्मकर्मीले भने यस्ता अवार्ड सीधै किनबेच हुने गरेको आरोप लगाउँदै आएका छन् ।

हिजो (शनिवार) सम्पन्न भएको ‘डी सिने अवार्ड’ को नतिजापछि आयोजकले नजिकका फिल्मकर्मीलाई अवार्ड वितरण गरेको आरोप खेप्नुपर्‍यो । यो आरोप न, डी सिने अवार्ड’का आयोजकका लागि नयाँ हो, न अन्य अवार्ड आयोजकहरुका लागि नै नयाँ हो । हलबाट पत्तासाफ भएका फिल्म (जसलाई दर्शक र समीक्षक दुवैले रुचाएनन्, फिल्ममा त्यस्तो गहनता पनि केही हुँदैन) लाई आयोजकहरुले उत्कृष्ट फिल्मको अवार्ड दिलाएका उदाहरण छन् यहाँ ।

यसले नै झल्काउँछ कि, नेपाली फिल्म क्षेत्रमा फिल्मका लागि दिइने अवार्डमा कति निष्पक्षता छ ।

विदेशमा फिल्मका कुनै अवार्ड समारोह हुँदा पूरै विश्वको ध्यान केन्द्रित हुन्छ । अवार्डमा छानिएका ती फिल्म हेर्न दर्शक लालायित हुन्छन् । तर, नेपालमा अवार्ड कुनै एउटा होटलको बन्द कोठामा हुन्छ, केही मिडियामा समाचार आउँछ । र, सकिन्छ । अवार्ड हात पारेका कलाकारले ती अवार्ड आफ्नो कोठामा सजाउँछन् । विदेशको भिसा लगाउनुपर्‍यो भने प्रमाणमा ती अवार्ड देखाउँछन् ।

केही फिल्मकर्मीको आरोप रहने गर्छ – विदेश भासिनकै लागि अवार्डको किनबेच हुने गर्छ ।

तर, अवार्ड बाँड्ने आयोजकहरुले भने प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले निष्पक्ष रुपमा अवार्ड वितरण गरेको दाबी गर्छन् । अर्कातिर अवार्डमा ‘आफ्ना’ ले मौका पाउने पक्का भएपछि कलाकारकै लागि सबैभन्दा ठूलो ‘आत्मबल’ बनेको अवार्डलाई बहिष्कार गरिसकेका छन् । केही नेपाली कलाकारले अवार्ड विक्री हुने भएपछि यस्ता खालका अवार्डका कार्यक्रम नै बहिष्कार गरेका छन् ।

नेपालमा अवार्डको ‘कन्तबिजोग’ भएको भनेर लामो समयदेखि बहस नै उठे पनि अवार्ड वितरकहरु भने यसलाई सुधार्ने पक्षमा छैनन् । परम्परागत रुपमा चलिआएको अवार्डका कार्यक्रमलाई व्यवस्थित गर्नुपर्नेमा झनै भद्रगोल गर्दा नेपाली कलाकारले नै अवार्डलाई ‘रिजेक्ट’ गरिसकेका छन् ।

पछिल्ला दिनमा पनि अवार्डको किनबेच रोकिएको छैन । सीधा हिसाबमा भन्दा अवार्डको किनबेच हुन्छ भनेर कमैले मुख खोल्छन् तर यसबारेमा आफूहरू अनभिज्ञ भएको फिल्मकर्मीले नाटक गर्छन् भन्ने आरोप पनि चल्ने गर्छ ।

जे होस्, अवार्डमा निष्पक्षता नहुने पुरानो रोगबाट नेपाली अवार्डका टुक्रे कार्यक्रम अछूतो छैनन् । अवार्डका आयोजकमाथि मात्र होइन, मनोनयनमा पार्ने निर्णायकहरुले पनि किन अवार्डलाई विक्री वितरणको माध्यम बनाएका छन् भन्ने नैतिक प्रश्न फिल्म क्षेत्रमा बहसको विषय बनेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ०८ बजे

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ