प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे– नेता खनाल « Khabarhub

प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे– नेता खनाल


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

फेसबुकमार्फत् नेता खनालले गणतन्त्र समाप्त पार्ने योजना असफल बनाउन सबै पक्ष एकजुट हुन नेता खनालले आह्वान समेत गरेका छन् ।

उनले लेखेका छन्,‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

सरकारले संसद विगठन गर्दै चुनावको मिति समेत सार्वजनिक गरेपछि विपक्षमा रहेका नेताहरुले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : ०२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी