प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे– नेता खनाल « Khabarhub

प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे– नेता खनाल


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

फेसबुकमार्फत् नेता खनालले गणतन्त्र समाप्त पार्ने योजना असफल बनाउन सबै पक्ष एकजुट हुन नेता खनालले आह्वान समेत गरेका छन् ।

उनले लेखेका छन्,‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

सरकारले संसद विगठन गर्दै चुनावको मिति समेत सार्वजनिक गरेपछि विपक्षमा रहेका नेताहरुले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : ०२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै