वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान | Khabarhub Khabarhub

वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले जानकारी दिए । शङ्खमूलमा रक्तदान गर्नुअघि ४१९औँ हप्ताको वाग्मती सफाइ पनि गरिएको थियो । सफाइमा १० अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन ।

महाअभियान नवौँ वर्ष प्रवेश गरेका अवसरमा आज बेलुकी जुम प्रविधिबाट कोरोनाबाट बच्न के गर्ने ? के नगर्ने ? भन्ने विषयमा चिकित्सकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा काठमाडौँ महानगरपालिका–३२ नरे फाँटस्थित लाली गुराँस स्कुल छेउको नदी किनारमा २१८औँ हप्ताको सफाइ अभियान सम्पन्न गरिएको छ । सफाइ भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको हो ।
सफाइबाट दुई गाडी फोहोर उठाइएको कार्यक्रम संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, ललितपुरको गोदावरीखोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान आजदेखि नवौँ वर्ष प्रवेश गरको छ ।

महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ जारी छ । जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान शुरु गरिएको हो ।

यसैगरी उपत्यकाबाहिर मुख्य नदी, प्रमुख शहर र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : ०३ बजे

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन   

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेस बजेट : महोतरीमा मधेस सांस्कृतिक ग्राम खोल्ने 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा श्रम तथा यातायात मन्त्रालयलाई ५७ करोड १४ लाख ५० हजार 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

उर्जामन्त्रीले भने- बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुन्छ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट