संसद भंग गरी चुनाव घोषणा गरिनु सत्ताको अपराधिकरण हो : रामकुमारी झाँक्री « Khabarhub

संसद भंग गरी चुनाव घोषणा गरिनु सत्ताको अपराधिकरण हो : रामकुमारी झाँक्री


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(एमाले)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद भंग गरी चुनाव घोषणा गर्नुलाई सत्ताको अपराधिकरण भएको टिप्पणी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मुलुकलाई अहिले चुनाव नचाहिएको बताएकी हुन् । उनले मुलुक एउटा अँध्यारो युगमा प्रवेश गरेको बताउँदै आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामू आफूहरुको केही नलागेको बताएकी छन् ।

उनले कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधीकरण भएको बताउँदै अहिलेको आवश्यकता चुनाव नभएको बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : १४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर