संसद भंग गरी चुनाव घोषणा गरिनु सत्ताको अपराधिकरण हो : रामकुमारी झाँक्री « Khabarhub

संसद भंग गरी चुनाव घोषणा गरिनु सत्ताको अपराधिकरण हो : रामकुमारी झाँक्री


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(एमाले)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद भंग गरी चुनाव घोषणा गर्नुलाई सत्ताको अपराधिकरण भएको टिप्पणी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मुलुकलाई अहिले चुनाव नचाहिएको बताएकी हुन् । उनले मुलुक एउटा अँध्यारो युगमा प्रवेश गरेको बताउँदै आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामू आफूहरुको केही नलागेको बताएकी छन् ।

उनले कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधीकरण भएको बताउँदै अहिलेको आवश्यकता चुनाव नभएको बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : १४ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै