नेपालमा ८ हजार ९८० संक्रमित थपिए, १२९ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा ८ हजार ९८० संक्रमित थपिए, १२९ को मृत्यु


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

थप १२९ जना संक्रमितको मृत्यु

नेपालमा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १२९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

एकैदिन ८ हजार ८४८ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

२ हजार २५५ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७३२ कोरोना संक्रमितको आईसीयूमा र ५२३ को भेन्टिलेटरमा गरी कुल २ हजार २५५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२२ जना आईसीयूमा र ९२ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९१ आईसीयूमा र ५६ जनाको भेन्टिलेटर उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ९२२ जना आईसीयूमा र ३११ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १४३ जना आईसीयूमा र ३२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३०–३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २०७६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण–
०–९ वर्ष – २२०
१०–१९ वर्ष – ६१५
२०–२९ वर्ष – १९३४
३०–३९ वर्ष – २०७६
४०–४९ वर्ष – १५०४
५०–५९ वर्ष – ११०२
६०–६९ वर्ष – ६४५
७०–७९ वर्ष – ३१९
८०–८९ वर्ष – ९२
९०–१०० वर्ष– १४
अज्ञात – ७०

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४४, उदयपुरमा ८, ओखलढुंगामा ७२, खोटाङमा ४९, झापामा ३४४, ताप्लेजुङमा २, धनकुटामा १८, भोजपुरमा ७, मोरङमा ३२५, संखुवासभामा ५५, सोलुखुम्बु २१ र सुनसरी १६० जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १०२, पर्सामा ७७, बारामा १६२, महोत्तरीमा २७, रौतहटमा ४२, सप्तरीमा ११२, सर्लाहीमा ४० र सिरहामा १२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८११ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५२५, चितवनमा १५५, दोलखामा १४, धादिङमा १७३, नुवाकोटमा १४२, भक्तपुरमा १७९, मकवानपुरमा १८७, रसुवामा १०, रामेछापमा ८३, ललितपुरमा ३२८, सिन्धुपाल्चोकमा १६५ र सिन्धुली १०१ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६६, गोरखामा ५६, तनहुँमा ५९, नवलपरासी पूर्वमा २८, पर्वत ७, म्याग्दी २, लमजुङमा १६, बागलुङमा २ र स्याङजामा ३३ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ५२, गुल्मीमा ८४, दाङमा १०९, नवलपरासीमा ७८, पाल्पामा १०७, प्यूठानमा ५, बर्दियामा ५२, बाँकेमा १७९, रुपन्देहीमा २५५ र रोल्पामा ८१ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २०, जाजरकोटमा १, जुम्ला १२, दैलेखमा ७२, रुकुम पश्चिममा १५, सल्यानमा १४०, सुर्खेतमा ३५३ र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८६, कञ्चनपुरमा १४८, कैलालीमा ६६१, डडेल्धुरामा २६, डोटी २५, दार्चुला ५४, बाजुरामा ३ र बैतडीमा २० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : २८ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको