क्युबाका ११ लाख जनताले आफ्नै देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाए « Khabarhub

क्युबाका ११ लाख जनताले आफ्नै देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाए


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यारेवियन राष्ट्र क्युबाले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी जनतालाई लगाएको छ ।

क्युबाका एक वरिष्ठ अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको जानकारी दिएका हुन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधिसम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरू धेरै काम गर्न बाँकी रहेको बताए ।

क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपको अध्ययन गरिरहेको छ । जसमा सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस रहेको जनाइएको छ । यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौँ व्यक्तिले खोपबारे आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।

राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक सङ्क्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गरे । क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सबै क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ ।

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार जना कोभिड–१९ बाट सङ्क्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ । क्युबामा करिब एक करोड १० लाख जनसङ्ख्या छ । (सिन्ह्वा)

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : २५ बजे

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज