दिल्लीको लकडाउन एक हप्ता थप « Khabarhub

दिल्लीको लकडाउन एक हप्ता थप


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न आदेश दिएका हुन्। अब दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहनेछ।

१८ अप्रिलदेखि दिल्लीमा शुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेपछि लकडाउन हटाउने प्रक्रिया शुरु गर्ने बताएका छन् । ।

आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको उल्लेख गरे। अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको र अहिले मानिसहरु कम संक्रमित भइरहेका केजरीवालको भनाइ थियो।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : ५३ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट