विवाद मिलाउन योगेश भट्टराईको सुझाव– धैर्य गरेर संवाद गरौँ, प्रतिशोधले सही गन्तव्य पुगिन्न | Khabarhub Khabarhub

विवाद मिलाउन योगेश भट्टराईको सुझाव– धैर्य गरेर संवाद गरौँ, प्रतिशोधले सही गन्तव्य पुगिन्न


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराईले धेर्यताका साथ पार्टीको विवाद हल गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने बताए ।

एमालेको राजनीतिलाई सही दिशा र गन्तव्यमा पुर्‍याउनका लागि धैर्य गरेर संवाद थाल्न पनि उनले नेतृत्वलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ०५ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न